Search

You can explore related insights, practice area, or frequently asked questions.

उत्प्रेषण परमादेशसमेत

Oct 02, 2024

bannerImage

उत्प्रेषण परमादेशसमेत

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

माननीय न्यायाधीश डा.श्री कुमार चुडाल

आदेश मिति : २०७९।७।२४

०७३-NF-००४७

विषयः उत्प्रेषण परमादेशसमेत

 

पक्ष/ विपक्ष

पुनरावलोकनकर्ता / प्रत्यर्थी : एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लि., दरबारमार्ग, काठमाडौंका अख्तियारवाला महाप्रबन्धक / कार्यकारी प्रमुख शिवजी राय यादव 

विरूद्ध

 विपक्षी / निवेदक : सिन्धुली जिल्ला, कमलामाई न.पा. वडा नं. ७ स्थित उषा एन्ड मैया निर्माण सेवा प्रा.लि. को अख्तियारप्राप्त धनबहादुर घिसिङस






सिद्धन्तः 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा १२ बमोजिम सार्वजनिक खरिद सम्बन्धमा सार्वजनिक निकायले पूर्वयोग्यता निर्धारण गर्न सक्ने भन्‍ने व्यवस्था गरेको देखिन्छ । जसअनुसार सार्वजनिक खरिद सम्बन्धमा के कस्तो सर्त बन्देज राख्‍ने भन्‍ने विषय सम्बन्धित मालसामान, सेवा, निर्माण कार्यको खरिद गर्ने सार्वजनिक निकायको क्षेत्राधिकारभित्र पर्ने नै देखिन आयो । कुनै सार्वजनिक खरिदको सम्बन्धमा कायम गरिने योग्यता कुनै कम्पनी तथा व्यक्ति विशेषलाई अनुकूल आधार बनाएर हुने नभई सार्वजनिक निकायको उद्देश्य, सार्वजनिक हित र आवश्यकताको आधारमा निर्धारण गर्नुपर्ने भन्‍ने विषयमा नेपाल सरकारलगायत सम्बन्धित निकायहरू सचेत रहेकोमा अन्यथा मान्न सकिँदैन । कुनै कम्पनी वा उद्योग कुनै एक बोलपत्रमा अयोग्य हुँदैमा सबै बोलपत्रमा सदैव अयोग्य हुन्छन् भनी अनुमान र शंका गर्नसमेत मिल्ने देखिँदैन ।

Address

Maitighar circle, Kathmandu, Nepal 44600

Phone

+977-9851048401

Enquiries

info@deltalawfirm.com