अधिवक्ता प्रभातकुमार गुप्ता न्यायलयमा विद्यमान भ्रष्ट्राचारलाई उजागर गर्न भनि अदालत भित्र डिजिटल रेकर्डर लिएर गए । सर्वोच्च अदालतका सुरक्षाकर्मीले उनलाई पक्राउगरी प्रहरीलाई जिम्मा लगायो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत अनुसन्धान गर्यो र आखिरमा उनलाई सोहि कानुन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरियो । […]